
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकबाट प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बाहिरिएका छन् । दुई बर्षको कार्यकाल सकेर उनी बैंकबाट बाहिरिएका हुन् । बैंकका अनुसार २०७७ मंसिर २८ गते उनको कार्यकाल सकिएको हो । ज्ञवाली बाहिरिएपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा भुपेन्द्र पाण्डेलाई दिइएको छ ।
सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी बैंक खोलिएको थियो । अहिले बैंक आठ अर्बको साधारण शेयर निष्काशन गर्ने तयारीमा जुटेको छ । मंसिर २५ गते बसेको इन्फ्रास्टक्चर बैंकको सञ्चालक समितिले डेपुटी सीईओ भूपेन्द्र पाण्डेलाई मंसिर २९ गतेदेखि निमित्त सइिओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनले केही ठूला परियोजनामा लगानी अगाडि बढाएको छन् भने सर्वासाधारणका लागि सेयर जारी गर्ने प्रकृया पनि सुरु गरिसकेको छन् । बैंकले आईपीओ निष्काशन गर्ने तयारी गरिरह्दा बैंक स्थापना कालमै सीईओको जिम्मेवारी लिएका ज्ञवाली भने बाहिरिएका हुन् ।
५ वर्षअघि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । आफ्नो ज्ञवाली कार्यकाल पूरा नहुँदै उनी बाहिरिएका थिए । ज्ञवाली २०७२ जेठमा ग्लोबल आईएमई दोस्रो पटक छिरेका हुन् ।
नबिल बैंकमा भने ज्ञवालीले चार वर्षे सीईओको कार्यकाल पूरा गरेका थिए । नबिलअ जानुअघि पनि ज्ञवाली ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालिन ज्ञवालीले नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३५ वर्ष अगाडि बैंकिङ करियर सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस