
काठमाडौं । सोमवार चार लघुवित्त कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । यो दिन २ बजेर ३० मिनेटसम्मको कारोबार अवधिमा महुली सामूदायिक लघुवित्त , उन्नती सहकार्य लघुवित्त र गुराँस लघुवित्तको ९ दशमलव ९८ प्रतिशत , नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८३ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९ दशमलव ६४ प्रतिशतले बढेको हो । यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य २ प्रतिशतले बढेको छ । लघुवित्त सँगै कारोबारमा आएका १२ समूहमध्य जीवन बीमा समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत बढेको छ । बाँकी समूहको परिसूचक भने घटेको छ ।
प्रतिक्रिया दिनुहोस