aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बुधवारदेखि सानिमा बैंकको ऋणपत्र सार्वजनिक निष्कासनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
बुधवारदेखि सानिमा बैंकको ऋणपत्र सार्वजनिक निष्कासनमा आउने

काठमाडौं । सानिमा बैंकले पुस १ गते (बुधवार) देखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्न लागेको हो । 

उक्त ऋणपत्र मध्य २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा जारी गर्नेछ । 

सर्वसाधारणमा जारी गर्ने कुल कित्तामध्य ८० हजार कित्ता भने सामूहिक लगानीकोषका लागि छुट्याईएको छ । प्रतिकित्ता  १ हजार रुपैयाँ अंकित मूल्यको उक्त ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । 

ऋणपत्रका लागि तोकिएको ब्याजदर भने प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्घवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । यो ऋणपत्र छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म विक्रीमा रहनेछ ।

 विक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस