aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एभरेष्ट बैंकको साधारण सभा पुस २७ गते, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
एभरेष्ट बैंकको साधारण सभा पुस २७ गते, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट बैंकले पुस २७ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले प्रस्तावित लाभांश सहित गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक निर्वाचन समेत गर्नेछ । 

बैंकले यस वर्षका लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १९ गतेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी  ८ अर्ब ४७ करोड २ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले सोही पूँजीको आधारमा उक्त लाभांश वितरण गर्नेछ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि पुस ९ गतेसम्म शेयर कायम गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस