aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । प्रभु बैंकले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले नेप्सेमा सार्वजनिक गरेको सुचनामा मंसिर ३० गते राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको उल्लेख छ । 

बैंकको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएसँगै आगामी साधारण सभाको लागि लाभांश प्रस्ताव पेश गर्ने बाटो खुला भएको छ । अब यो लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस