
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । बैंकले एक सूचना जारी गर्दै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो ।
बैंकको सूचना अनुसार बैंकले साधारणसभा प्रयोजनको लागि पौष १० गतेदेखि पौष २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले पौष ९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको २६ औं वार्षिक साधारण सभा पुस २७ गते हुँदैछ । सभामा बैंकको संचालक समितिले गरेको निर्णयानुसार बैंकले आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । जसमध्ये ५.५२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस