aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रालि नयाँबानेश्वरबिच बैंकका ग्राहकलाई विभिन्न तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक र उनीहरूका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस