aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ऋणकाे अग्रिम भुक्तानी र स्वाप शुल्क परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
ऋणकाे अग्रिम भुक्तानी र स्वाप शुल्क परिमार्जन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाकाे अग्रिम भुक्तानी गर्दा वा एउटा बैंकबाट अर्काेमा सार्दा लिइने शुल्कमा परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार नयाँ निर्देशिका सार्वजनिक गर्दै नयाँ शुल्क सार्वजनिक गरेको छ । 

हाल अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाईने व्यवस्था रहेको छ । कर्जा प्रवाह भएको २ वर्ष भित्र कर्जाको अग्रीम भुक्तानी भएमा सेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने छ भने २ वर्ष देखि ५ वर्ष भित्र कर्जा चुक्ता भएमासेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म लिन पाइने भएको छ । यसअघि याे जति अवधिमा भुक्तानी गरे पनि २० प्रतिशत भन्दा बढी लिन पाइँदैनथ्याे । 

त्यस्तै ५ वर्षभन्दा पछि कर्जा चुक्ता भएमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म  सेवा शुल्क बैंक तथा वित्तीय सस्थाले लिन पाउने भएका छन् । त्यस्तै कर्जा स्वाप शूल्कः कर्जा प्रवाह भएको २ वर्षभित्र बैंक परिवर्तन गरेमा वक्यौता रकममामा उल्लेखित सेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म सेवा शुल्क लिन सक्ने भएको राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ । 

त्यस्तैगरि २ वर्षदेखि ५ वर्ष भित्र बैंक परिवर्तन गरेमा वक्यौता रकममामा उल्लेखित सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ वर्षपछि बैंक परिवर्तन गरेमा वक्यौता रकममामा उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म मात्र लिन पाउने छन । स्थिर व्याजदरमा प्रवाह भएका आवधिक कर्जाको हकमा ऋणीसंगको सहमतिमा कर्जा स्वीकृति पत्रमा उल्लेख भएबमोजम ेवा शुल्कको शत प्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सकिने नयाँ व्यवस्था गरेको छ ।

प्रतिवद्धता शुल्क र नवीकरण हुने प्रकृतिका कर्जामा लिने नवीकरण शुल्कको हकमाथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म तथा अग्रिम भुक्तानी शूल्क वा ऋणीले बैंक परिवर्तन गर्दा लिने कर्जा स्वाप शुल्क लिन यस व्यवस्थाले बाधा पु¥याएको छैन । 
 

प्रतिक्रिया दिनुहोस