aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

हिमालयन बैंकले गठन गर्यो मर्जरका लागि समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
हिमालयन बैंकले गठन गर्यो मर्जरका लागि समिति गठन

काठमाडौं । बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंक  सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर÷एक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुशरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । 
 
 सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर÷एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय  संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ । बैंकले हालसम्म मर्जरको बारेमा कुनै निर्णय भने नभएको जनाएको छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक आपसमा मर्जका लागि प्रारम्भिक चरणको वार्ता सकिएपछि हिमालयन बैंकले मर्जका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाउन वर्ता कमिटि बनाएको हो । 

प्रतिक्रिया दिनुहोस