aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले लाभांश प्रस्ताव सहित पुस २४ गते एभरेष्ट होटल नयाँ बानेश्वरमा दिउँसो १२ः१५ बजे ३४ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ। यसका साथै सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस