aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल बैंकको पनि लाभांश आयो, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
नेपाल बैंकको पनि लाभांश आयो, नगद र बोनस कति ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले पनि लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरभनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर प्रयोजन) गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो । 

हाल बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्तााव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस