aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तिनाउ मिसन डेभलपमेण्ट बैंकको ६ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
तिनाउ मिसन डेभलपमेण्ट बैंकको ६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस