aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मेगा बैंकको लाभांश प्रस्ताव बोनस र नगद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
मेगा बैंकको लाभांश प्रस्ताव बोनस र नगद

काठमाडौं । मेगा बैंकले गत वर्ष २०७६/७७ को लागि १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो लाभांश बैंकको गत आर्थिक वर्षको अन्त्यसम्म कायम सञ्चित मुनाफा र अन्य कोषहरुबाट हाल कायम चुक्तापूँजीको आधारमा वितरण हुनेछ । हाल बैंकको चुक्तापूँजी  १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस