
काठमाडौं । प्रभु बैंकले पुस २६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको महामारीलाई ध्यानमा राखी सभा भर्चुअल माध्यमबाट गर्ने तयारी बैंकको छ ।
सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गरी १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया अगाडी बढाउनका लागि सम्पूर्ण अख्तियारी समेत सञ्चालक समितिलाई दिनेछ । हाल बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस