aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नाफा चाहिए कम्पनी चलाउनु, सहकारी हैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
नाफा चाहिए कम्पनी चलाउनु, सहकारी हैन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण सचिव गोपीनाथ मैनालीले सहकारी संघसंस्थाहरुलाई सहकारी ऐन र नियमावलीका व्यवस्था पालना गर्न निर्देशन दिएका छन् ।

ऐन तथा नियमावलीका व्यवस्था अव्यवहारिक भएको भन्दै सुधार गर्न लविङ गरिरहेका सहकारीकर्मीलाई उनले सहकारी ऐनअनुसार संस्था सञ्चालन गर्न नसक्नेलाई अन्य क्षेत्रतिर लाग्न विकल्प रहेको बताए । 

'सहकारी क्षेत्रमा देखिएका विकृत्ती विसंगतीलाई नियन्त्रण गर्न ऐन तथा नियमावलीमा स्पष्ट व्यवस्था गरिएका छन्,' जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरद्वारा धुलिखेलमा शनिवार आयोजित दोस्रो बहुउद्देश्यीय सहकारी सम्मेलनमा बोल्दै सचिव मैनालीले भने, 'कानुनी व्यवस्था पालना गरेर सहकारी सञ्चालन गर्न सकिँदैन भन्ने लाग्छ भने कम्पनीमा जान सकिन्छ ।'

ऐनको व्यवस्थाका कारण सहकारी संस्थाले लाभांश बाड्न नसक्ने अवस्था आउने गुनासो गरेपछि उनले नीजि क्षेत्रमा जस्तो नाफा र प्रतिफल नखोज्नसमेत आग्रह गरे । आजको कारोबार दैनिकमा समाचार छ । 

 


 


 

प्रतिक्रिया दिनुहोस