_20201219203628.jpg)
भैरहवा । पशुपति वचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा १५ रुपन्देहीको १९ करोड २७ लाख, ८५ हजार ८ सय ५० रुपैँया पुँजी पुगेको छ । संस्थाले व्यापार व्यवसायमा १० करोड २७ लाख ७० हजार ६ सय ७६ रुपैँया लगानी गरेको छ । कृषिमा २ करोड ७० लाख ५९ हजार ८ सय ३० रुपौँया, शैक्षिक ऋण लगानी ३८ लाख ९१ हजार ८ सय ५० र अन्य ऋण लगानीमा २ करोड ५२ लाख ९३ हजार ८ सय ५५ रुपैँया गरेको छ । रुपन्देही क्षेत्रको अब्बल सावित हुन सफल सहकारीको ७ सय ६८ जना सदस्य रहेको संस्थाको २१ साधारण सभाले जनाएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले कृषि क्षेत्र तर्फ ऋण लगानी गर्नको लागि जोड दिए। सहकारीले विशेष गरी आफ्ना महिला सदस्यलाई कृषि क्षेत्रमा प्रोत्साहन गरी महिला उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने गुरुङले बताए ।
संस्थाका अध्यक्ष रामनाथ शर्मा उपाध्यायले संस्थालाई अगाडि बढाउनको लागि शेयर सदस्य बढाउँदै जाने र संस्थाका सदस्यहरुको मागलाई मध्यनजर गर्दै संस्थाले नयाँ कार्य गर्दै जाने बताए ।
कोभिड १९ का कारण विश्व नै आक्रान्त बनी रहेको अवस्थामा सहकारीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरि पुस ४ गते देखि ९ गते सम्म साधारणसभाको मिति तय गरी आफ्ना सदस्यहरुलाई भौतिक रुपमा उपस्थित भई यातायात खर्च लिन समेत व्यवस्था मिलाएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष शुशिला भण्डारी को स्वागत मन्तव्य सचिव अर्जुन वस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस