aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल बङ्गलादेश बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
नेपाल बङ्गलादेश बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले साधारण सभा डाकेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २६ गते २६औँ वार्षिक साधारण सभा डाकेको हो।

बैंकका अनुसार उक्त साधारण सभा बिहान ११ः३० बजे शुरु हुनेछ। कोभिड १९ जोखिमका कारण सभामा अनलाइन (जुम क्लाउड मिटिङ्ग) को माध्यमबाट सहभागि हुन सक्ने गरी शेयरधनीहरुलाई मिटिङ्ग आईडी र पासवर्ड उपलब्ध गराउन तथा बैंकको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस