
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष ०७६÷७७ को लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतवार विहान बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँको आधारमा कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस