aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पोखरा फाइनान्सले पनि लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
पोखरा फाइनान्सले पनि लाभांश दिने

काठमाडौं । पोखरा फाइनान्सले कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गत आव ०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ९१ करोड ७२a लाख ८१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई आगामी २४ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस