aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

समता लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
समता लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको आइतवार शेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरेको  हो 

 नेप्सेले २० प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । कम्पनीको गत विहीवार कायम अन्तिम मूल्य ६६० रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको जानकारी दिएको छ । 

समता लघुवित्तले यस वर्ष बोनस सँगै ६ दशमलव ३२ प्रतिशत कर समेत गरी नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । 

होटल क्लासिक प्रालि सिमरा, बारामा विहान १० बजे सभा बोलाइएको हो । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् । हाल कम्पनीको चुक्तापूँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस