aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

हकप्रद शेयर प्रयोजनका लागि नागरिक लगानीकोषको बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
हकप्रद शेयर प्रयोजनका लागि नागरिक लगानीकोषको बुक क्लोज

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको पुस ४ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यस कम्पनीले १ः ०.८३ को अनुापतमा हकप्रद शेयर विक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् । 

गत भदौ २२ गते कोषले उक्त अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै निवेदन दर्ता गराएको थियो । कम्पनीको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कोषले गत असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभा मार्फत सो हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त सभा मार्फत २२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कोषको बोनस पश्चात चुक्तापूँजी १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ । सोहि पूँजीको आधारमा कोषले हकप्रद विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस