aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल बङ्गलादेश बैंकको साधारणसभा २६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
नेपाल बङ्गलादेश बैंकको साधारणसभा २६ गते

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने भएको छ । कम्पनीले उक्त दिन २६औं वार्षिक साधारणसभा बोलाएको हो ।

बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले कोरोना माहामारीलाई ख्याल गर्दै जुम र फेसबुक लाइभमार्फत सभा आयोजना गर्ने जनाएको छ । जुममार्फत सभामा सहभागी हुनेहरुलाई जुम आइडी र पासवर्ड उपलब्ध गराईने बैंकले जनाएको छ । 

सभाले असार मसान्तसम्म कायम रहेको चुूक्तापूँजीको २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस