aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ गते हुने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय स्वीकृत गर्ने छ । 

त्यस्तै आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ भने चालु आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस