aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कामना सेवा विकास बैंकको ४.६३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
कामना सेवा विकास बैंकको ४.६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कामना सेवा विकास बैंकले ४ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गत आव ०७६/७७ को लागि ४ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५४ करोड १ लाख ९५ हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस