aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सिटिजन्स बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
सिटिजन्स बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाइ ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा विशेष छुट हुने भएको छ । विभिन्न छुट दिने सम्बन्धमा बैंक र होटलबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस