aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सानिमा बैंकको ऋणपत्र पुस १५ गतेसम्म विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
सानिमा बैंकको ऋणपत्र पुस १५ गतेसम्म विक्रीमा रहने

काठमाडौं । पुस १ गतेदेखि विक्रि खुल्ला भएको सानिमा बैंकको ऋणपत्र पुस १५ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले ८.५० प्रतिशत व्याजदर भएको १० वर्षे अवधिको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र पुस १ गतेदेखि विक्री खुला गरेको हो । छिटो अवधि पुस ५ गतेसम्म रहेपनि तोके बमोजिम आवेदन नपर्दा ढिलो अवधिसम्म विक्री गर्न लागिएको हो । 

कुल कित्तामध्य २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी १६ लाख कित्ताका सर्वसाधारणका लागि छुट्याईएको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्य ८० हजार कित्ता भने सामूहिक लगानीकोषका लागि छुट्याईएको छ । प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको उक्त ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । 

ऋणपत्रका लागि तोकिएको ब्याजदर भने प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्घवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । विक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस