aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सनराइज बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
सनराइज बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सनराइज बैंकले प्रस्ताव गरेको ८ दशमलव २८ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस ६ गते (आज) अन्तिम दिन रहेको छ । यस वर्ष बैंकले ५ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी २ दशमलव ४८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न पुस २४ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस ६ गतेभित्र शेयर सुरक्षित गर्नु पर्ने भएको हो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण हुनेछ । 

सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाविचको मर्जर तथा प्राप्ती कार्य प्रयोजनका लागि सम्पूर्ण अख्यिारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस