aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नबिल बैंकले सबै बैंकलाई उछिन्दै लाभांस प्रस्ताव गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
नबिल बैंकले सबै बैंकलाई उछिन्दै लाभांस प्रस्ताव गर्यो

काठमाडौं । नबिल बैंक लिमिटेडले कर सहित कुल ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफा मध्यबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 हाल यस बैंकको चुक्तापूँजी रू. १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिलको प्रस्तावित लाभांश यस वर्षको हालसम्म घोषणा भएको वाणिज्य बैंकहरुमध्यकै उत्कृष्ठ लाभांश हो । गत वर्ष यस बैंकले १२ दशमलव बोनस शेयर र २२ दशमलव नगद गरी कुल ३४ प्रतिशत लाभांश दिएको थियो । 

कोरोना प्रभावका कारण अधिकांश बैंकहरुको लाभांशमा कमि आउँदा नबिलले भने बढाएर लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस