aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको मंसिर १८ गतेको सञ्चालक समितिको बैठकले गत आव ०७६/७७ को बाँडफाँटका लागि उपलब्ध मुनाफाबाट ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

कम्पनीको हाल कायम चुक्तापूँजी  ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गर्न सक्नेछ । 
 

प्रतिक्रिया दिनुहोस