
काठमाडौं । सनराइज बैंकको मंगलवार शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले प्रस्ताव गरेको ५ दशमलव ८० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको बोनसपछिको शेयरमूल्य २३९ रुपैयाँ तोकेको छ । बैंकको सोमवार कायम अन्तिम शेयरमूल्य २५३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले बोनस सहित यो वर्ष कर समेत २ दशमलव ४८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरेको छ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस