aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल एसविआई बैंकको साधारणसभा पुस २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
नेपाल एसविआई बैंकको साधारणसभा पुस २८ गते

काठमाडौं । नेपाल एसविआई बैंक लिमिटेडको २७औं वार्षिक साधारणसभा पुस २८ गते मंगलबार हुने भएको छ । बैंकले त्रिभुवन आर्मी क्लव भद्रकालीमा विहान ११ बजे सभा बोलाएको हो । कोरोना महामारीलाई ध्यानमा राखी बैंकले भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । बैंकले सभामा सहभागी हुने योग्य शेयरधनीहरुलाई आइडी र पासवर्ड उपलब्ध गराइने बताएको छ ।  

सभाले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता सम्बन्धी कामहरु गर्न वा गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १५ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस