
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले होटल वाटर टावर विदुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६.९४ प्रतिशत बोनश शेयर र ०.८९२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
वार्षिक साधारण सभालाई ध्यानमा राखी पुस १७ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता किताब बन्द रहनेछ । यस आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र बोनश तथा नगद लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस