काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले पुस २८ गते मंगलबार २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई ध्यान दिँदै भिडियो कन्फ्रेन्सको माध्यमबाट बैंकको प्रधान कार्यालयबाट विहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले चुक्तापूँजीको २.५ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस