aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लाभांश सार्वजनिक पछि नबिल बैंकको शेयरमूल्य ९.९९ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
लाभांश सार्वजनिक पछि नबिल बैंकको शेयरमूल्य ९.९९ प्रतिशत बढ्यो

काठमाडौं । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरुको लाभांश मध्य उत्कृष्ठ लाभांश प्रस्ताव गरेको नबिल बैंक लिमिटेडको शेयरमूल्य मंगलवार ९ दशमलव ९९ प्रतिशत बढेको छ । यस बैंकले कुल ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा मध्यबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

लाभांश सार्वजनिक भएपछिको पहिलो कारोबार दिन बैंकको शेयर खरिद माग उच्च रहेको छ । २ बजेर ३० मिनेटसम्मको कारोबारमा नबिल बैंकको ८ लाख ८८ हजार ८०९ कित्ता शेयर खरिन गर्ने माग रहेको छ । मार्केट डेब्थका आधारमा नबिलको शेयर विक्री गर्न यो अवधिसम्म कोहि आएका छैनन् ।

हाल यस बैंकको चुक्तापूँजी रू. १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । गत वर्ष यस बैंकले १२ दशमलव बोनस शेयर र २२ दशमलव नगद गरी कुल ३४ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष एनएमबिपछिको दोस्रो कम्पनीको रुपमा लाभांश वितरण गरेको बैंक यो वर्ष पहिलो नम्बरमा रहेको छ । कोरोना प्रभावका कारण अधिकांश बैंकहरुको लाभांशमा कमि आउँदा नबिलले भने बढाएर लाभांश वितरणको प्रस्ताव गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस