
काठमाडौं । आर्थिक समृद्धि र साधाना लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार चाडौ हुने संस्थाका संचालक समिति अध्यक्ष डा. एक नारायण चापागाँईले बताएका छन् । दुबै संस्थाको चाँडै नै एकिकृत कारोबार संचालन गर्न लागेकोले कार्यक्रमको गुणस्तर वृद्धिको साथै सम्पुर्ण कर्मचारी एक ढिक्का भएर काम गर्न आग्रह गरेका छन् ।
साधना लघुवित्तले चालु आ.व. २०७५।०७६ को समिक्षा तथा आगामी आ.व. २०७६।७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले आयोजित योजना तर्जुमा गोष्ठी संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
उक्त गोष्ठीमा अध्यक्ष थापाले ग्राहक सेवाको गुणस्तरमा अभिवृद्धि, नयां प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिवृद्धि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, कम्प्लायन्स, जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन सहभागीहरुलाई दिशानिर्देश गरेका थिए ।
त्यस्तै आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्थाको संचालक तथा लघुवित्त क्षेत्रका विज्ञ डा. नरहरी ढकालले नेपालमा लघुवित्त क्षेत्रको बर्तमान अवस्था, चुनौती र अवसरको बारेमा जानकारी गराउँदै बार्षिक योजना निमार्ण गर्दा ध्यान दिनै पर्ने पक्षहरुको बारेमा सहभागीहरु लाई विस्तृत जानकारी गराएका थिए ।
त्यस्तै, साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको सबै सरोकारवालाको अपेक्षा पुरा गर्ने एकमात्र उपाय उत्पादकत्व अभिबृद्घि रहेको वस्तुसत्यलाई हृदयंगम गरि यस वित्तीय संस्थालाई उत्कृष्ट लघुवित्त वित्तीय संस्था बनाउने सोच र सपनालाई सामुहिक रुपमा अंगिकार गर्दै त्यस दिशामा समन्वयात्मक ढंगले अघि बढ्न सहभागीलाई निर्देशन गरे ।
दुबै संस्थाको गरी ४० जना शाखा प्रमुखहरु उपस्थीती रहेको उक्त कार्यक्रममा बित्तीय संस्थाको सम्पुर्ण बिभागिय प्रमुख र अनुगमन अधिकृतहरुको उपस्थीती रहेको थियो । साधना लघुवित्त र अर्थिक समृद्धि लघुवित्तले गत जेष्ठ २५ गते बिशेष साधारण साभा मार्फत प्राप्तिको प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको लागि निवेदन पेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस