
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा पुस २९ गतेका लागि बोलाएको ंछ । बैंकले रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट गरिने बैंकले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै , संस्थापक शेयरधनी समूहबाट २ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जनासमेत गरी ६ जना संचालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
सभामा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी पनि दिइने बताइएको छ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति वा सम्झौता लगायतका काम गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा छलफल भई पारित हुने छ ।
साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिने भएको छ । बुुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस