
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १३औं वार्षिक साधारसभा पुस २९ गते बुधबार हुने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा विहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको १५ प्रतिशत बोनश शेयर पारित गर्ने छ भने सोही बमोजिम बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
बैकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्नका लागि आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाबाट पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुुक क्लोज गरिने हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्र्राप्त गर्न सक्नेछन्् ।
प्रतिक्रिया दिनुहोस