
काठमाडौं । नविल बैंक लिमिटेडले पुस २९ गते बुधबार ३६औं वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित १.७६ प्रतिशत नगद लाभांश र ३३.५ प्रतिशत बोनश शेयर पारित गर्ने छ ।
सभाले चुक्तापुँजी १३ अर्ब ४८ करोड रुपैयाँ बाट वृद्धि गरी १४ अर्ब रुपैयाँ पु¥याउँने प्रस्ताव पनि परित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिइने निर्णय समेत गर्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनको लागि बैंकले पुस १५ गते एक दिन बुुक क्लोज गर्ने बताएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्र्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस