aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव पुस २९ गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव पुस २९ गते पारित गर्ने

काठमाडौं । ग्लोबल आइएमई लघुुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारसभा पुस २९ गते बुधबार हुने भएको छ । कम्पनी सञ्चालक समितिको पुुुस ७ गते बसेको बैठकले विहान ९ बजे गेटढवे हिमालय रिसोर्ट,बेसिशहर लमजुङमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण सरकारले तोकेको मापदण्ड बामोजिम भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्तापूँजीको २७.४७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.४५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साथै स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीको आधारमा संयुक्त प्राप्ति समितिबाट ग्लोबल आइएमई लघुविक्त वित्तीय संस्थाको १ कित्ता शेयर बराबर स्पर्श लघुवित्तको ०.९० कित्ता कायम हुने गरी गरिएको शेयर स्वाप अनुपात सम्बन्धी प्रस्तावलाई सभाले स्वीकृत गर्नेछ ।

 त्यस्तै कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव र सञ्चालकको भत्ता र सुविधा बृद्धि गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते एक दिन शेयर दर्ता किताब बन्द गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस