aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेप्सेमा नेपाल लाइफको सर्वाधिक करोबार, कारोबार ६ अर्ब ८६ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
नेप्सेमा नेपाल लाइफको सर्वाधिक करोबार, कारोबार ६ अर्ब ८६ करोडमाथि

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । ५१ प्रतिशत बोनस घोषणा गरेको नेपाल लाइफको बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेशनल लाइर्फ इन्स्योरेन्सको ४५ करोड ५१ करोडको कारोबार भएको छ । 

त्यस्तै एनआइसी एसिया बैंकको ३३ करोड बराबरको करोबार भएको छ । नबिल बैंक, एनआइसी एसिया, एनसीसी बैंक, प्रभु बैंक, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधक कारोबार भएको छ । बुधबार नेप्सेमा ७ दशमलब ०४ अंकको वृद्धिसँगै ६ अर्ब ८६ करोड २४ लाख बराबरको करोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस