aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघ,नेपालकाबीच महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौता पश्चात महिला उद्यमी महासंघ नेपालको सिफारिसमा बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । 

महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने समझदारी पत्रमा उल्लेख भएको बैंकले जनाएको छ । महिला उद्यमशिलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता गरिएको बैंकले जनाएको छ ।  

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतमप्रयोग गर्दै सावधानीपूर्वक ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस