aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नबिल बैंक र स्थानीय निकायसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
नबिल बैंक र स्थानीय निकायसँग सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्पmत स्थानिय निकायसँग समन्वय गरि साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धी कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको छ । 

आइतबार सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र सोमबार पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द विच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ  ।  

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती रहेको थियो । उक्त कार्यक्रम नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको बताएका थिए । 

 गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका ब्ँिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरेका थिए ।  सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउ“को आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरको थिए । 

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस