aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बिजय लघुवित्तको साधारण सभा पुस २९ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
बिजय लघुवित्तको साधारण सभा पुस २९ गते

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित २० प्रतिशत लाभांश पुस २९ गते पारित गर्ने भएको छ । कम्पनीले गत आव ०७६÷७७ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले विजय विकास स्रोत केन्द्र , गैडाकोट, नवलपरासीमा भर्चुअल माध्यमबाट विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 

अन्य कुनै वित्तीय संस्थालाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने विषयलाई पनि प्राथमिकतामा राखेर कम्पनीले यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । यस आधारमा बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ । गत वर्षकै अनुपातमा कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको हो । यस वर्ष भने बोनस शेयरमा बढी जोड दिएको छ । गत वर्ष १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस