
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते दोश्रो साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको पुस ८ बसेको सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय, गोलबजार सिराहामा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले संस्थाको साधारण शेयर (आईपीओ)को प्राथमिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
कुनै पनि वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस