
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले मंसिर २४ गतेदेखि २९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड गरेको छ । दश वर्षे अवधिको वार्षिक ८.५० प्रतिशत ब्याजदको रु. १ अर्ब ६० करोड बराबरको ऋणपत्र पुस ८ गते बाँडफाँड गरेको हो ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको हो । कुल कित्तामध्य सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत र ९ लाख ६० हजार कित्ता विभिन्न संघसंस्थाहरुलाई परिपत्र विधिबाट विक्री गरिएको हो ।
प्रतिक्रिया दिनुहोस