aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले प्रस्ताव गरेको ७ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो । नेप्सेले ७ प्रतिशत बोनसपछिको मूल्य प्रतिकित्ता रू. ६१२ तोकेको छ  । बैंकको बुधवार कायम अन्तिम मूल्य  ६५५ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको जानकारी दिएको हो ।
 
यस बैंकले बोनससागै कर प्रयोजनका लागि समेत ४ दशमलव ८४ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते ३४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि बैंकले पसस ९ गते एक दिन बुक क्लोज गरेको छ ।

 बुक क्लोजको दिनदेखि शेयर खरिद गर्नेहरुले बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नेछैनन् । हाल यस बैंकको चुक्तापूँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा गत आवको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने तयारी बैंकले गरेको हो । 

प्रतिक्रिया दिनुहोस