काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस ९ गते बिहीवार अन्तिम दिन रहेको छ । बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि पुस १० गते एक दिन बुक क्लोज गर्नेभएकाले पुस ९ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो ।
बैंकले असार मसान्तसम्म कायम रहेको चुूक्तापूँजीको आधारमा २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २६ गते २६औं वार्षिक साधारणसभा बोलाएको छ । पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस