aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रभु बैंकको लाभांश पुस ९ गतेसम्मका शेयरधनीहरुले मात्र पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
प्रभु बैंकको लाभांश पुस ९ गतेसम्मका शेयरधनीहरुले मात्र पाउने

काठमाडौं । प्रभु बैंकले प्रस्ताव गरेको लाभांश पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । बैंकले यस वर्ष १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त लाभांश र आगामी साधारण सभाका लागि बैंकले पुस १० गते एक बुक क्लोज गर्ने भएको छ ।
 
बुक क्लोजको आधारमा लाभांश र साधारण सभामा भाग लिनका लागि पुस ९ गतेभित्र शेयर कायम गर्नुपर्नेछ । बैंकले पुस २६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले लाभांश सहित संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि तय भएको छ । सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया अगाडी बढाउनका लागि सम्पूर्ण अख्तियारी समेत सञ्चालक समितिलाई दिनेछ । 
 

प्रतिक्रिया दिनुहोस