aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एभरेष्ट बैंकको लाभांश पाउन आजसम्म शेयर कायम गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
एभरेष्ट बैंकको लाभांश पाउन आजसम्म शेयर कायम गर्नुपर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रस्ताव गरेको शेयर प्राप्त गर्न पुस ९ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको छ । बैंकले यस वर्षका लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले सोही पूँजीको आधारमा उक्त लाभांश वितरण गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि पुस ९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । बैंकले पुस २७ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभाले प्रस्तावित लाभांश सहित गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस