aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।  एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ । कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्नेे बताईएको छ ।  

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । 

एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृष्य बदल्दै डिजिटल प्लेटफर्महरुबाट ग्राहक अनुभव अभिबृद्धि गर्ने सेवाहरुमा द्ुत गतिमा प्रगति हासिल गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस